प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध अफिम फेला

२०७९-११-११

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-५, दोबान स्थित भार्ता-मनहरी भित्री सडकखण्डमा प्रहरीले लागुऔषध अफिम जस्तो देखिने वस्तु फेला पारेको छ । उक्त भित्री सडकखण्डबाट मनहरी तर्फ आउँदै गरेको नम्बर नखुलेको FZ मोटरसाईकलमा आएको मानिसले प्रहरीको गाडी देख्ना साथ निजले बोकी ल्याएको झोला फालि फरार भएको थियो । उक्त झोलालाई खोलि हेर्दा लागुऔषध अफिम जस्तो देखिने वस्तु अन्दाजी ३/४ किलो फेला परेको थियो । फरार मानिसको खोजतलास भईरहेको । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको ।  


 

सम्बन्धित समाचार
सवारी दुर्घटनामा चालकको मृत्यू ।
२०८३-०६-२०

चितवन, रत्ननगर नगरपालिका –०३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मिति २०८३।०६।२० गते बिहान करिब १०:३० बजेको समयमा शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक जिल्ला चितवन, रत्ननगर नगरपालिका –०१ बस्ने करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११:०९ बजे चिकित्सकले मृत घोषणा गरेको हो । दुर्घटनापछि ट्रक र ट्रक चालक जिल्ला उदयपुर, रौतामाई गाउँपालिका –०९ बस्ने ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिइएको छ ।उक्त दुर्घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।