प्रहरी कार्यालय
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, झ्याम्रु स्थित NTC को टावर मुनी राखिएको ब्याकपमा अचानक तार सर्ट हुन गई आगोलागी हुँदा उक्त टावरको ब्याकप राखिएको नजिक रहेको ३३ वर्षीय धर्मराज मोक्तानको गाईगोठमा समेत आगलागी भई गोठ,१० वटा बाख्रा,५ वटा बोका,अन्नपात,लत्ताकपडा,फर्निचर र नगद रू १,५०,००० गरी जम्मा रू ८,६१,००० बराबरको क्षेती भएको । NTC को ब्याकप वाईरिङ मेशिनको मुल्य ऐकिन नभएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
चितवन, भरतपुर महानगरपालिका-९, बिणीचोक स्थित हाल नामथर र वतन नखुलेको पुरूष व्यक्तिको लाश सडी गलेको अवस्थामा फेला परेको छ । मुचुल्का सहित अन्य अनुसन्धान कार्य भईरहेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लास्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूसँग उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरूले बागमती प्रदेशको शान्ति सुरक्षाको विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले संचारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो । यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राणाले प्रभावकारी शान्ति सुरक्षा व्यवस्थापनमा संचार माध्यमको समेत महत्वपूर्ण भूमिका हुने भएकाले निरन्तर समन्वय गर्दै अगाडी बढ्न संचारकर्मीहरूलाई आह्वान समेत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरूको काम कारबाहीको सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो ।
मकवानपुर, बकैया गाउँपालिका-६ बस्ने अन्दाजी ३६ वर्षीया सानुमाया स्याङ्तानले घरायसी विवादको कारण आफ्नै घरमा नाम नखुलेको बिषादी सेवन गरी बिरामी भई उपचारको लागी निजको श्रीमानले हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-५, केराघारी बस्ने अन्दाजी ७० वर्षीय भैरव बहादुर बि.क. धुलिखेल नगरपालिका-४, भेण्डोल स्थित निजको दाईको घरमा आई बसेकोमा निज राती सुतेको र बिहान ढोका खोली हेर्दा मृत अवस्थामा रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, गोलन्जोर गाउँपालिका-६, नाकाजोली बस्ने ६४ वर्षीय टेक बहादुर मगर G-ROGAR नामक विषाधी सेवन गरी घरबाट १.५ कि.मि. उत्तर धाराखोला सामुदायिक वनमा छट्पटाई रहेको अवस्थामा निजको आफन्तले उपचारको लागी शुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको । यस घटना समबन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, घ्याङलेख गाउँपालिका-४, बर्ने गौरी खोला बस्ने यम बहादुर श्रेष्ठको छोरा वर्ष २२ को नारायण श्रेष्ठ घर देखि अन्दाजी १.५ कि.मि. उत्तर तर्फ रहेको बर्ने खोला सामुदायिक वनको खोचमा ढालेकटुसको रूखमा नाईलनको डोरीले पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-७, गढौली बस्ने ६९ वर्षीय मान बहादुर लामा घरबाट १.५ कि.मि. पूर्व सामुदायिक वनमा रूख ढाल्ने क्रममा सोहि रूखको हाँगाले टाउको र शरीरको विभिन्न भागमा चोट लागि घाईते भई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याईएकोमा डाक्टरले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
काभ्रे, पाँचखाल नगरपालिका-१२ बस्ने ८० वर्षीया चाँदनी साहको घरमा अचानक बिजुली सर्ट भई आगलागि हुँदा अन्दाजी १४,६५,०००।- बराबरको क्षति भएको । उक्त घरका सबै व्यक्तिहरू हाल काठमाण्डौं बस्ने गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
धादिङ, गंगाजमुना गाउँपालिका-७, लकुवा स्थित सोही ठेगाना बस्ने ४० वर्षीय शिवराम रेग्मि घर नजिकै रहेको चिलाउनेको रूखमा पटुकाको कपडाले पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
रामेछाप, उमाकुण्ड गाउँपालिका-४, चण्डीथान बस्ने धन बहादुर खुलालको श्रीमती ५४ वर्षीया श्याम कुमारी खुलालले आफ्नै घर पछाडी रहेको स्कुसको थांग्रोमा पटुकाको पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला परको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, बकैया गाउँपालिका-६, बेसीटोल बस्ने अन्दाजी वर्ष ११ को सन्देश बोम्जन साथीहरू संग बकैया खोलामा नुहाउन गएकोमा निज नुहाउने क्रममा डुबी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
रसुवा, आमाछोदिङमो गाउँपालिका-३, गत्लाङ बस्ने २७ वर्षीय वेदराज तामाङ आफ्नै घरको कोठाको दलिनमा सलको पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, रत्ननगर नगरपालिका-११, सितल टोल बस्ने अन्दाजी ५२ वर्षीय मेघ बहादुर कुमाल आफ्नै घरमा वायरिंग गर्ने क्रममा करेन्ट लागी घाइते भई उपचारको लागी भरतपुर सरकारी अस्पताल लगेकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५, राईटोलबाट मनकामना जाने बाटोको जंङगलमा जिल्ला मकवानपुर, भिमफेदी गाउँपालिका-६, देउराली बस्ने अन्दाजी ३७ वर्षीय सन्त बहादुर भोलन मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवान, ईच्छाकामना गाउँपालिका-४, कुरिन्टार स्थित त्रिशुली नदी किनारमा जिल्ला धादिङ, सिद्धलेक गाउँपालिका-२ बस्ने ४७ वर्षीय मेघ बहादुर न्यौपाने मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, माझीमटार स्थित कृष्ण मन्दिरको आडमा रहेको प्रतिक्षालयमा हाल नामथर र वतन नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुष व्यक्तिको लाश फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-४, त्रिचोक बस्ने ५५ वर्षीय तिल बहादुर परियारले फिनेल सेवन गरी उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१, दियालो जंगलको रूखमा हाल नामथर र वतन नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुष व्यक्तिको शव झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, जाँते बस्ने ३६ वर्षीया सोनी पाख्रिनले आफ्नै छोरा वर्ष ७ को अस्किन वाईबा र १८ महिनाको जेनिस वाईबा समेतलाई प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने बिषादी आफु र बच्चाहरू समेतलाई खुवाई बिरामी भई उपचारको लागि हेटौंडा अस्पताल ल्याईएकोमा वर्ष ७ को अस्किन वाईबाको अवस्था मध्यम, उक्त दुई जनाको अवस्था गम्मीर भई थप उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुरमा लगेकोमा १८ महिनाको जेनिस वाईबा उपचारको क्रममा CMC अस्पताल, भरतपुरमा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसनधान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-१, खहरेपागु बस्ने अन्दाजी ५९ वर्षीया सानु माया बि.क. आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीले पासो लगाएर झुण्डी रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, मरिण गाउँपालिका-४, ठुलीदमार पांग्रेटार बस्ने अन्दाजी ६० वर्षीया सुकुमाँया घिसिङ आफ्नै घरमा काठको बलोमा नाम्लोको डोरीले पासो लगाएर झुण्डी रहेको अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
रामेछाप, खाँडादेवी गाउँपालिका-१, माझीगाउँ स्थित लुभुघाटबाट खाँडादेवी गाउँपालिका जाने कच्ची सडकमा जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१२, एक्लेखेत बतासे बस्ने ३६ वर्षीय शुक्रराम तामाङ बेहोस भई घटना स्थलमै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, गल्छी गाउँपालिका-२, पानीछाप स्थित अधेरी जंगलमा हाल नामथर, वतन र उमेर नखुलेको पुरूष व्यक्ति सडिगलेको मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, थाहा नगरपालिका-८, खानी खोला बस्ने अन्दाजी २७ वर्षीया चमेली थिङले नाम नखुलेको विषादी सेवन गरी बिरामी भई उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-४, समिडाँडा स्थित जलबिरे भित्री सडक खण्डमा चौताराबाट जलबिरे तर्फ जाँदै गरेको बा ४५ प ५५४१ नम्बरको मोटसाईकल आफैँ अनियन्त्रीत भई भीरबाट अन्दाजी १५० मिटर तल खस्दा जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका-२ बस्ने अन्दाजी २२ वर्षीय प्रदिप माझी र जिल्ला सिन्धुपाल्चोक, चौतरा साँगाचोकगढी नगरपालिका-११, डुम्रे बस्ने बर्ष १७ को अनिल माझी निज दुबै जना घटनास्थलमै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१८, डाँडागाउँ भन्ने स्थानमा सोही ठेगाना बस्ने अन्दाजी ४०/४५ वर्षीय बिक्रम गुरुङ पक्की पुल मुनी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, राप्ती ४ मार्तल पुल नजिकै पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बा. प्र. ०३-००१ ख १८६३ नं.को ट्रकले साईकल यात्री जिल्ला चितवन राप्ती ४ बस्ने ६५ वर्षीय हरि पाण्डेलाई ठक्कर दिँदा निजको टाउको, अनुहार र हात खुट्टामा चोट लागि उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर पठाईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । ट्रक चालक जिल्ला मकवानपुर, हेटौंडा ९ बस्ने २५ वर्षीय दिपेश अधिकारी प्रहरीको नियन्त्रणमा रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, गोलन्जोर गाउँपालिका-६ बस्ने ६५ वर्षीय धन बहादुर वाईबाले किरा मार्ने बिषादी सेवन गरी छटपटाई रहेको अवस्थामा निजको श्रीमतीले उपचारको लागि सुनकोशी अस्पताल, खुर्कोट ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
दोलखा, बैतेश्वर गाउँपालिका-४ बस्ने अन्दाजी ५८ वर्षीय केदार दाहाल पोखरे स्थित सडकमा लडी टाउकोमा चोट लागी घाइते भई उपचारको लागि बैतेश्वर अस्पताल, मैनापोखरी ल्याई उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
सिन्धुली, कमलामाई नगरपालिका-४, ढकाल गाँउ बस्ने ५६ वर्षीय समिर ढकाल आफ्नै घरको आफु सुत्ने कोठामा मृत फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौंबाट पोखरा तर्फ जाँदै गरेको बा २ ख १४१० नं.को माइक्रो हाइस चेकजाँच गर्ने क्रममा अन्दाजी ४ किलो ८८५ ग्राम लागुऔषध गाँजा फेला परेको थियो । जिल्ला धादिङ, गल्छी गाउँपालिका-५ बस्ने वर्ष १८ को प्रदिप भन्ने रविन तामाङलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-२९, सिमलताल स्थित त्रिसुली नदीको बिच भागमा एक पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको । यस घटना समबन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, दुधौली नगरपालिका-१, कुर्थौली बस्ने गणेश पहाडीको २ छोराहरू १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीलाई सर्पले टोकी छटपटी रहेका अवस्थामा निजको आमाले थाहा पाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, सिर्थौली लगिएकोमा उपचार हुन नसकी थप उपचारको लागि जानकी हेल्थ केयर, जनकपुर लगिएकोमा उपचारको क्रममा डाक्टले दुबै बालकहरूलाई मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, शिवपुरी गाउँपालिका-७, सुनखानी बस्ने ५३ वर्षीय सानु कान्छा तामाङ भोगटोको रूखमा नाइलनको डोरीले झुण्डेको अवस्थामा मृत फेला परेको । घटनास्थल मुचुल्का सहित अवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
गुल्मी, रूरू क्षेत्र गाउँपालिका वतन भई हाल चितवन भरतपुर महानगरपालिका-९, चिन्तामणी सापकोटाको घरमा कोठा भाडा लिई बस्ने ४९ वर्षीय बिष्णु पौडेल उक्त घरको छतको ट्रसमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, रत्ननगर नगरपालिका-४, भोकाहा बस्ने वर्ष अन्दाजी ४५ को राजु चौधरी आफ्नो घरबाट अन्दाजी ५०० मिटर दक्षिणतर्फ कयर खोलामा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२, ठुलोदमार स्थित ना ६३ प ६५८७ नम्बरको मोटरसाईकलमा लागुऔषध सहित मानिस आएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी टोली खटी गई उक्त मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक हेटौंडा उपमहानगरपालिका-१७, राजदेवि बस्ने वर्ष अन्दाजी ४९ को बद्री खड्का र पछाडी सवार हेटौंडा उपमहानगरपालिका-१८, भोर्ले बस्ने वर्ष अन्दाजी २३ को सन्देश भुजेलको साथबाट अन्दाजी ९२० ग्राम लागुऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।
सिन्धुपालञ्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-९, जितपुर आरूबोट बस्ने ३२ वर्षीय राम भारती आफ्नै घरमा AVER TOP नामक विषादी सेवन गरी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ बस्ने वर्ष अन्दाजी १८ की संगिता सापकोटा आफ्नै घरको कोठामा सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा निजको बुबाले देखी सलको पासो खोली उपचारको लागी चुरेहिल अस्पताल हेटौंडा ल्याएकोमा थप उपचारको लागी हेटौंडा अस्पताल रिफर गरिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
रसुवा, गोसाईकुण्ड गाउँपालिका-३, लिङलिङ स्थित पासाङ ल्हामु सडक अन्तर्गत टिमुरे-स्याफ्रु सडकखण्डमा बारा जिल्ला स्थित निजगढ फास्टट्रयाक निर्माणको सामाग्री टावर क्रेन (फलाम) लोड भएको ना ४ ख २००४ नम्बरको प्लेटफर्म (टेलर) रसुवाबाट निजगढ तर्फ जाने क्रममा उक्त सामान सोही प्लेटफर्मबाट खस्न लागेकोले उक्त प्लेटफर्म चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-५ घर भएका अन्दाजी ५०/५५ वर्षीय हरी तामाङले सामान बाँधेको चेनको पुल्ली मिलाउन खोज्दा अचानक चेनपुल्ली खुस्किन गई सामानले निजको टाउकोमा लागी घटनास्थलमै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, माडी नगरपालिका-१, द्रोपदी नगर बस्ने अन्दाजी ५०/५५ वर्षीय ईन्द्र बहादुर रिमाल आफ्नै घर नजिकै रहेको राष्ट्रिय निकुञ्ज भित्र साग टिप्ने क्रममा अचानक भीरबाट लडी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका-१, गंगले बस्ने ४७ वर्षीया सर्मिला तामाङ आफ्नै घरमा फलामको ट्रसमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
दोलखा, मेलुङ गाउँपालिका-७, थालडाँडा बस्ने अन्दाजी ३५ वर्षीया संगीता नेपाली आफ्नै घरको माथिल्लो तलाको भुईमा लडी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-३, हिले बस्ने ४१ वर्षीय भक्त बहादुर थामी घर देखी पर घाँस काट्न गएकोमा घर नफर्किए पछि श्रीमती खोजतलास गर्दै जाँदा हुतुरे खोल्साको पानीमा डुबी रहेको अवस्थामा फेला पारी उपचारको लागी बाह्रबिसे प्रथामिक स्वास्थ्य केन्द्र ल्याई चेकजाँच गर्दा निजको मृत्यु भईसकेको थियो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, ज्वालामुखि गाउँपालिका-१, सेखम बस्ने वर्ष १२ की सरस्वती नेपाली चर्पीको धारामा सलको पासो लगाई झुण्डिएको अवस्थामा आफन्तले देखि तत्काल पासो काटी उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा निज बालिकाको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, निलकण्ठ नगरपालिका-३ स्थित मिशन होटेलमा दलित शसक्तिकरणका लागी तर्जुमा गोष्ठी कार्यक्रम सञ्चालन भईरहेकोमा उक्त कार्यक्रममा सहभागी जिल्ला धादिङ, खनियाबास गाउँपालिका-४, दार्खा बस्ने २१ वर्षीया मनिसा दर्जी अचानक बेहोस भई उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा अस्पताल पुग्नु अगावै निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, दुधौली नगरपालिका-६, हर्षाही बस्ने अन्दाजी ३८ वर्षीय भोजराज पराजुली आफ्नै घरको कोठामा काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी दुधौली नगरपालिका-४, नयाँबस्ती बस्ने अन्दाजी ६९ वर्षीय चन्द्र बहादुर श्रेष्ठ घरको भान्सा कोठाको निदालमा सुतिको कपडाले पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-३, बेलचोक स्थित रहेको मानव सेवा आश्रममा भरतपुर सरकारी अस्पतालबाट उद्धार गरि राखिएको जिल्ला काभ्रेपलान्चोक घर बताउने अन्दाजी ४५/४६ वर्षीय शम्भु कार्की सोही आश्रममा मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१३ बस्ने अन्दाजी ३४ वर्षीया सिता नेपालले तरकारीमा छर्ने (नाम नखुलेको) बिषादी सेवन गरी बिरामी भई KMC अस्पताल सिनामंगल काठमाण्डौं लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१६, सुर्योदय टोल बस्ने २९ वर्षीय रूपेश लामाको घरमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय शरणपुरबाट प्रहरी टोली खटिगई निजको घर खानतलासी गर्दा डाईजेपाम-१५२ एम्पुल, नुफिन-१५२ एम्पुल, फेनार्गन-१५१ एम्पुल सहित जिल्ला बारा घर भएको २१ वर्षीय रबिन कुमार यादबलाई नियन्त्रणमा लिएको र रूपेश लामा हाल फरार रहेकोले निजको खोजतलास कार्य भईरहेको छ ।
धादिङ, गजुरी गाउँपालिका-५, गजुरी स्थित त्रिशुली नदीको किनारामा हाल नामथर वतन नखुलेको अन्दाजी ५०/५२ वर्षीय पुरुष व्यक्तिको लाश मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, गजुरी गाउँपालिका-८, सल्लेघट्टे खोला स्थित सोही ठेगाना बस्ने अन्दाजी वर्ष ११ को संदिप तामाङ मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, मनहरी गाउँपालिका-९, रजैया स्थित पूर्व-पश्चिम सडक खण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३२ वर्षीय पुरुष व्यक्ति सिटमा बसी झ्यालबाट हात बाहिर निकालेको अवस्थामा दुबै सवारीले चेप्पिन गई दाहिने हातको पाता भन्दा मुनिको भाग चुडिएको र निधारमा चोट लागेको हुदाँ घाइतेलाई चुडिएको हात सहित उपचारको लागी हेटौंडा अस्पताल पठाएकोमा निजको उपचारको क्रममा मृत्यु भऐको छ । दुबै सवारी र सवारी चालक नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, तार्केश्वर गाउँपालिका-३, बदेली स्थित बस्ने २१ वर्षीया सुमित्रा मझकोटी घर नजिकै बारीमा रहेको खस्रेटाको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय दोलखाको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रम वीच जिल्ला प्रहरी कार्यालय दोलखाबाट सम्पादित कार्यहरूको जानकारी लिनुका साथै भएगरेका समग्र कामकारवाहीहरूको स्थलगत अनुगमन समेत गरिएको थियो । उक्त कार्यक्रममा संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचीहरूलाई आवश्यक बिभागीय निर्देशन समेत दिईएको थियो । स्थलगत अनुगमनको क्रममा दोलखा जिल्ला स्थित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनैतिककर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी, संचारकर्मी, सरोकारवाला निकायहरु लगायतसंग सुरक्षा सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । यसै अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारीसंग समेत जिल्लाको सुरक्षा व्यवस्थापन सम्बन्धमा आवश्यक अन्तरक्रिया गरिएको थियो ।
चितवन, रत्ननगर नगरपालिका-१३ स्थित डेरा गरी बस्ने जिल्ला पर्सा, पोखरीया नगरपालिका-९ घर भएका अन्दाजी २५/२६ वर्षीय नरेश ठाकुर स्काईराईडर बोर्डिङ स्कुल नजिकैको बारीमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-५, मिजार टोल बस्ने ३८ वर्षीय केशब सार्की आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
दोलखा, भिमेश्वर नगरपालिका-२, शिवडाँडा बस्ने अन्दाजी बर्ष १४ की एसएसबि श्रेष्ठले ZINC PHOSTHIDE नामक मुसा मार्ने बिषादी सेवन गरी छटपटाई रहेको अवस्थामा निजको फुपुले देखी धुलिखेल शाखा अस्पताल ल्याएकोमा अवस्था गम्भीर भई थप उपचारको लागी काठमाण्डौं लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अुनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, तिनपाटन गाउँपालिका-८, काउले बस्ने अन्दाजी ७०।७२ वर्षीय गने सार्की तिल्पुङ बजारमा बेहोस अवस्थामा स्थानियहरूले देखी उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तिल्पुङ बजार लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, दुधौली नगरपालिका-११, तल्लो धन्सरी बस्ने अन्दाजी वर्ष ९ को युबराज जोगी आफ्नै घरको कोठामा काठको कोरामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी दुधौली नगरपालिका-१०, सिर्नजना नगर स्थित हाम्रो कटेज होटलमा जिल्ला धनुषा, महेन्द्रनगर घर बताउने वास्तविक वतन नखुलेको अन्दाजी २३।२४ वर्षीय विनय सिङ कोठा बुक गरी बसेकोमा निज बिहान अबेर सम्म नउठेकोले उक्त होटल संचालकले कोठामा गई हेर्दा पंखाको हुकमा पर्दाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-२६, ज्योतिनगर बस्ने ४४ वर्षीया रनिता अधीकारी आफ्नै आफ्नै घरमा कोठाको सिलिङमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, थाहा नगरपालिका-२, फेदिगाउँ बस्ने अन्दाजी ५५ वर्षीय सुर्य तामाङको घरमा लागुऔषध गाँजा लुकाई-छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, पालुङबाट प्रहरी टोली खटीगई घर खानतलासी गर्दा १८ वटा साना-साना पोकाहरूमा लागुऔषध गाँजाको धुलो फेला परेको छ । उक्त लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय रामेछापको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा बीच जिल्ला प्रहरी कार्यालय रामेछापबाट सम्पादित कार्यहरुको जानकारी लिनुका साथै भए गरेका समग्र कामकारवाहीहरुको स्थलगत अनुगमन समेत गरिएको थियो । उक्त कार्यक्रममा संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई आवश्यक बिभागीय निर्देशन समेत दिईएको थियो ।
धादिङ, थाक्रे गाउँपालिका-१०, खर्कचौर बस्ने वर्ष १७ को रोजन परियार आफ्नै घरमा फलामको डण्डीमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।
चितवन, माडी नगरपालिका-९ बस्ने ५५ वर्षीय बलराम प्रजा कुसुम खोलामा नुहाउन गएकोमा निज सोही खोलामा मृत अवस्थामा फेला परेको । यस सम्बन्धमा मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँ बस्ती स्थित पूर्व-पश्चिम सडक खण्डमा गौरबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ५ ख १७४० नम्बरको यात्रुवाहक बसले हाल नामथर वतन नखुलेको अन्दाजी ६०/६२ वर्षीया पैदल यात्री महिलालाई ठक्कर दिदाँ गम्भीर घाईते भई उपचारको लागी हेटौंडा अस्पताल ल्याउनसाथ निजको मृत्यु भएको छ । बस, बस चालक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।
मकवानपुर, थाहा नगरपालिका-९, चित्लाङ बस्ने ४२ वर्षीया बिष्णुमाया थिङले प्यारामेट नामक विषादी सेवन गरी उपचारको लागी नेपाल नेश्नल अस्पताल, काठमाण्डौं लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-५, सिलामे बस्ने अन्दाजी २६ वर्षीया गंगा कुमारी श्रेष्ठ डेलिभरी गराउन जिल्ला अस्पताल सिन्धुली ल्याएकोमा डेलिभरी गराउन नसकी बर्दिबास ट्रमासेन्टर पठाएकोमा निजको बाटोमा नै मृत्यु भएको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-१०, बरकोट स्थित शुनकोशी नदीको किनारमा सुनकोशी नदीले बगाई ल्याएको जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-६ बस्ने ४५ वर्षीया ईन्द्र कुमारी थापा मगर मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले भर्चुअल माध्यम मार्फत मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । उक्त कार्यक्रममा मातहत जिल्ला प्रहरी प्रमुख तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखले सम्पादित कार्यको प्रस्तुतिकरण गर्नुका साथै प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरूबाट २०८० साल वैशाख महिनामा सम्पादित कार्यहरू सहितको निर्देशनात्मक प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो । यसै अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख राणाले पूर्ण व्यवसायिक रूपमा संगठनले अंगिकार गरेको शुन्य सहनशिलताको नीति अनुरुप कार्य सम्पादन गर्ने, तस्करी नियन्त्रणमा निर्मम तरिकाले प्रस्तुत हुने, प्रहरी आचरण व्यवहार सुधार गर्ने, प्राकृतिक स्रोत साधनको अवैध दोहन नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ गर्ने, व्यवस्थित ट्राफिक व्यवस्थापन गर्ने, कुनै पनि गुनासो नआउने तबरले आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरी बागमती प्रदेश भरको शान्ति सु-व्यवस्था अमन चयन तथा अपराध नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुन आवश्यक विभागीय निर्देशन दिनुभयो ।
मकवापुर, कैलाश गाउँपालिका-४, लिच्चे बस्ने ३० वर्षीय अर्जुन मोक्तान घर देखि अन्दाजी ४ मिटर दक्षिण तर्फ रहेको खरीको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, बकैया गाउँपालिका-७, छतिवन अधेरी स्थित डेरा गरी बस्ने अन्दाजी ३६ वर्षीया नम्रता ग्रान्जा मगरको बाँया छातीमा पिलो आई जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६, चौघडा स्थित राजु मेडिकलमा पिलो अप्रेसन गरी कोठामा गएकोमा निज बिरामीको अवस्था जटिल बन्दै गएपछि थप उपचारको लागी हेटौंडा सरकारी अस्पताल लगिएकोमा निजको मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
दोलखा, कालिन्चोक गाउँपालिका-८, सुनखानी बस्ने अन्दाजी ७५ वर्षीय बुद्धि प्रसाद शिवाकोटीको भुकम्प रहित घरमा अचानक करेन्ट सर्ट भई आगलागी भएको छ । उक्त आगलागीबाट नगद रू. १,००,०००।- (एक लाख), अन्नपात-२० मुरी, भाडाबर्तन र लत्ताकपडा समेत गरी जम्मा अन्दाजी रू १५,००,०००।- (पन्ध्र लाख) बराबरको क्षती भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-६, चिसापानी बस्ने अन्दाजी ५० वर्षीया शान्तिमाया माझी घरबाट अन्दाजी २०० मिटर दश्चिण तर्फ आफ्नै बारीमा रहेको स्वामीको रूखमा चढी स्याउला झार्ने क्रममा सोही रूखबाट लडी मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धानन कार्य भईरहेको छ ।रामेछाप, मन्थली नगरपालिका-८, चिसापानी सुहानटार बस्ने अन्दाजी ३५ वर्षीया बिन्दा मग्राती आफ्नै घर नजिक रहेको कटहरको रूखमा घाँस काट्ने क्रममा आफैँ लडी घाईते भई उपचारको लागि धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक लगिएकोमा अस्पताल पुग्नसाथ निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवशयक अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-१३, रानीबाँस बस्ने ४७ वर्षीय केशव हायुको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली खटिगई निजको घरमा खानतलासी गर्दा भरूवा बन्दुक (थान-१) फेला पारी उक्त भरूवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।
रसुवा, कालिका गाउँपालिका-४ बस्ने वर्ष १९ की लक्ष्मी पौडेल भदौरे स्थित जंगलमा सालको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
रामेछाप, रामेछाप नगरपालिका-२, देउराली बस्ने ५५ वर्षीया गोमा देवी नेपालीले आफ्नै घरमा काठको बलोमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
रामेछाप, लिखु तामाकोसी गाउँपालिका-२, शिरिशे बस्ने २९ वर्षीय सुवास कार्की लिखु तामाकोसी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागी घटनास्थलमै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३, बगौचा स्थित बस्ने ६३ वर्षीय चन्द्र बहादुर पाख्रिनको घरमा भरूवा बन्दुक राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी हरिहरपुरगढी सिन्धुलीबाट प्रहरी टोली खटिगई खानतलासी गर्दा निजले कोठामा लुकाई छिपाई राखेको अवस्थामा भरूवा बन्दुक फेला पारी भरूवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५, लखनटोल बस्ने ८५ वर्षीया टुड्की माया बल घर नजिकै रहेको घाँस झुण्ड्याउने बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ । त्यसै गरी मकवानपुरगढी गाउँपालिका-५, स्याउली बुङ्डोल बस्ने वर्ष १९ को रमीत घिमिरे आफ्नै घरको दलिनमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, बागमती गाउँपालिका-८ बस्ने ७२ वर्षीय काजिमान बमजन अमृता सामुदायिक वनमा मृत अवस्थामा फेला परको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित प्रहरी चौकी जोगिमारा धादिङको प्रहरी टोलिले सवारी साधन चेकजाँज गर्ने क्रममा काठमाण्डौंबाट पोखरा तर्फ जाँदै गरेको बा २ ख १४१० नम्बरको माइक्रो हायस चेकजाँच गर्दा उक्त हायसमा सवार जिल्ला पर्वत, फलेवास नगरपालिका-१० बस्ने ३४ वर्षीय राज कुमार क्षेत्रीले The North Face 50 लेखेको पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याएको फिका-फिका हरियो कलरको प्लाष्टिकमा पोकापारी ल्याएको ४ पोका (४ किलोग्राम ११० ग्राम) लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१६, काभ्रेघाट स्थित नारायणी किनारा देखी अन्दाजी ९/१० मिटर टाढा पानीमा हाल नामथर वतन नखुलेको अन्दाजी ३५/४० वर्षीय निलो ट्रयाक र खैरौ टिसर्ट लगाएको पुरूष व्यक्ति घोप्टो परी मृत लाश तैरिएको अवस्थामा फेला परेको छ । मुचुल्का लगाएत अन्य अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-११, कुमारी चोक बस्ने ६७ वर्षीय नारायण मल्ल आफ्नै घरमा बिहान अवेरसम्म नउठेपछि निजकै आफन्तले प्रहरीलाई जानकारी गराउन साथ उक्त स्थानमा प्रहरी टोली खटिगई हेर्दा मृत अवस्थामा रहेको । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-९, गुम्वा चोक स्थित डेरा गरी बस्ने देश भारत बिहार मोतीहारी घर भएकी वर्ष ११ की मधु कुमारी यादवले नाम नखुलेको विषादी सेवन गरी उपचारको लागि पुरानो मेडिकल कलेज, भरतपुर ल्याएकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ।
धादिङ, धुनिवेशी नगरपालिका-५, अर्जुनटार स्थित भित्री सडक खण्डमा अर्जुनटारबाट धार्के तर्फ जाँदै गरेको प्र २-०२-००१ ह १४५० नम्बरको अटो आफैँ अनियन्त्रीत भई पल्टिदा अटोमा सवार सोही ठेगाना बस्ने ६५ वर्षीय अम्बर बहादुर मानन्धर घाईते भई ट्रमा सेन्टरमा उपचार भईरहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । अटो र चालक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
दोलखा, जिरी नगरपालिका-७, कोट स्थित बस्ने वर्ष ६ को कबिर खड्का आफ्नै घरको आगनमा खेल्ने क्रममा आगनको डिलबाट अन्दाजी २२ मिटर तल रोडमा खसी गम्भीर घाईते भएकोमा उपचारको लागी जिरी अस्पताल जिरी पठाइएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-२५, शुक्रनगर स्थित बिधुतको ट्रान्समिटर परिवर्तन गर्न बिद्युतको कर्मचारीलाई सहयोग गर्ने क्रममा प्रभात जल उपभोक्ता समितिका कामदार जिल्ला बाँके, जानकी गाउँपालिका-२ घर भएका वर्ष २० को देसराज कोरीलाई करेन्ट लागी घाईते भई उपचारको लागी चितवन मेडिकल कलेज भरतपुर ल्याईएकोमा निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-१२, केराबारी ढाडेगाउँ स्थित बस्ने ४५ वर्षीय बाबुलाल स्याङतान सडकबाट अन्दाजी ३०० मिटर तल भीर जङ्गलको खोचमा लडी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१२, टिकौली जंगल स्थित टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ७६८८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुटर चालक सहित पछाडि सवार दुवै जना गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर र भरतपुर सरकारी अस्पताल पठाईएकोमा स्कुटर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-११ बस्ने २० वर्षीय सागर तामाङ उपचारको क्रममा मृत्यु भएको छ । पछाडि सवार सोही ठेगाना बस्ने २० वर्षीय बिशान्त ढकाल गम्भीर अवस्थामा रहेकोमा नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ट्रक चालक जिल्ला तनहुँ बस्ने ५० वर्षीय ढक बहादुर गुरुङलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकी टोल स्थित हेटौंडा भैंसे सडक खण्डमा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट हेटौंडा तर्फ आउँदै गरेको BR01BN 1518 नम्बरको भारतीय कारलाई चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी ९२ किलोग्राम फेला परेको थियो । कार चालक देश भारत मोझपरपुर बस्ने अन्दाजी वर्ष १८ को अमित कुमार, कारमा सवार जिल्ला पर्सा, सिखरमाई गाउँपालिका-९ बस्ने अन्दाजी ५० वर्षीय नैमुदिन मिया र जिल्ला मकवानपुर, कैलास गाउँपालिका-१०, बाझोखेत बस्ने अन्दाजी ६० वर्षीय बुद्धिमान थोकरलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१७, नारायण चोक स्थित बस्ने ६० वर्षीय झलक राज पौडेललाई आफ्नै घर पछाडि बारीमा काम गरिरहेको अवस्थामा जंगली गैंडा अचानक आई आक्रमण गर्दा टाउको, पेट र शरीरको विभिन्न भागमा चोट लागी घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । मिति २०८०-०२-०५ गते आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको बारेमा जानकारी लिनुका साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचीहरुलाई आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको हो । निरीक्षणपश्चात् प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, पूर्व प्रहरी, सञ्चारकर्मी, राजनीतिक दल, बिभिन्न संघ संस्थाका प्रतिनिधी लगायत नागरिक समाजका बिभिन्न व्यक्तिहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।
सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-२, पसलडाँडा बस्ने अन्दाजी ५५ वर्षीय भक्त बहादुर खड्का आफ्नै घरमा कोठाको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-५, रामबाग बस्ने ५५ वर्षीय राम बहादुर गुरुङ आफ्नै घरमा सुतिरहेको ठाउँमा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, माडी नगरपालिका-९, खरिकुना स्थित बस्ने ५७ वर्षीया मन कुमारी अधिकारी घर नजिकै रहेको परालको टौवामा काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।दोलखा, कालिञ्चोक गाउँपालिका-६, लेप्टुन बस्ने अन्दाजी ५३ वर्षीय हर्क बहादुर थापा घरदेखि अन्दाजी २ किलोमिटर उत्तर बारीको झिगानेको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-९, कमल डाँडा बस्ने ३१ वर्षीय सुमन मैनाली घरको काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने ५० वर्षीय बिर बहादुर घलान बाह्र चकरी खोलामा डुबी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, बेलकोटगढी नगरपालिका-७, ठुलोखोला पुल स्थित देवीघाटबाट काठमाडौं तर्फ गईरहेको बा ०३-००१ ख २५८४ नम्बरको टिफर र विपरीत दिशाबाट आईरहेको बा ०२-०२९ प ५७५८ नम्बरको मोटसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला नुवाकोट, लिखु गाउँपालिका-१ बस्ने २० वर्षीय निरज बि.क. र सोही मोटरसाईकलमा सवार निजको बुवा ५० वर्षीय नेत्रमान बि.क. घाईते भई उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट ल्याइएकोमा उपचारको क्रममा नेत्रमान बि.क. मृत्यु भएको छ । मोटरसाईकल चालकको त्रिशुली अस्पताल नुवाकोटमा उपचार भईरहेको छ । दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय नुवाकोटको नियन्त्रणमा रहेको छ ।
नुवाकोट, सुर्यगढी गाउँपालिका-५, गणेशथान बस्ने अन्दाजी ६० वर्षीय मान बहादुर बस्नेत घरबाट अन्दाजी १ किलोमिटर पूर्व गणेशथान सामुदायिक वन नजिक भीरबाट अन्दाजी १०० मिटर तल खसी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१२, आनन्दचोक स्थित बस्ने अन्दाजी ३८ वर्षीया बिष्णुमाया भुजेल आफ्नो घर नजिकै रहेको बकाईनोको रूखमा नाईलनको डोरीले पासो लागाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ।
चितवन, रत्ननगर नगरपालिका-१६, वनदेबी टोल बस्ने ५६ वर्षीया शारदा देवी रिजाल आफ्नै घरको बाथरूममा लडी रहेको अवस्थामा निजको आफन्तले भेटि उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, नमुना चोक स्थित भित्री सडक खण्डमा सिमलटारबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश-०३-००१ च १५९७ नम्बरको बोलेरो गाडिले सुमि डिमडुङको छोरा अन्दाजी वर्ष २ को समर लो लाई ठक्कर दिई घईते हुँदा निजलाई उपचारको लागी हेटौंडा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
सिन्धुली, कमलामाई नगरपालिका-५, बोझेगाउँ बस्ने ६० वर्षीय गोबिन्द बहादुर कार्की मुसा मार्न प्रयोग गरिने बिषादी सेवन गरी विरामी भई उपचारको लागि धुलीखेल अस्पताल लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
सिन्धुली, दुधौली नगरपालिका-५, घारी थुम्सी बस्ने अन्दाजी ४३ वर्षीया मायावति अधिकारी आफ्नै घरमा काठको कोरामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-६, माझीटार स्थित बि.पी. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा गाईघाटबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ४ ख ५२६१ नम्बरको हायसमा सवार जिल्ला सप्तरी, सुरुङ्गा नगरपालिका-५ बस्ने अन्दाजी २० वर्षीय अभिनास चौधरीको साथबाट अन्दाजी १४० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हुँदा सवारी साधन सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-७, चिसापानी बस्ने ५५ वर्षीय गणेश तामाङ घरबाट अन्दाजी २ किलोमिटर पूर्व चिसापानी जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, बिदुर नगरपालिका-१०, केराबारी स्थित जिल्ला नुवाकोट, बिदुर नगरपालिका-२ बस्ने अन्दाजी ५४ वर्षीया देवकी अधिकारी खनाल घरबाट अन्दाजी १६ किलोमिटर उत्तर मृत अवस्थामा फेला परेको थयो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी बिदुर नगरपालिका-३, बांगेभिर स्थित त्रिशुली नदीको किनारामा नामथर र वतन नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, खैरहनी नगरपालिका-४, कएरखोला स्थित ना ६ त १०७९ नम्बरको ग्राबेल बोकेको ट्याक्टर अगाडीको ईन्जिनको भाग उठ्न गई ढालामा च्यापींदा ट्याक्टर चालक जिल्ला चितवन, खैरहनी नगरपालिका-२ बस्ने २० वर्षीय दिपक परियार गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज ल्याईएकोमा निज उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, खैरहनी नगरपालिका-२, फुलबारी टोल बस्ने १८ वर्षीय रोशन कुमार श्रेष्ठ आफ्नै घरमा पङ्खाको सिलिङमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७, बेलिबृज नजिकै बस्ने ५६ वर्षीय जय बहादुर मुक्तान साईकलमा हिडिरहेको अवस्थामा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध अफिम जस्तो देखिने २ किलो ९०० ग्राम गिलो पदार्थ फेला परेको थियो । निजको सँगै रहेको बारा निजगढ नगरपालिका-१२ बस्ने २४ वर्षीय विष्णुलाल थिङ र जिल्ला मकवानपुर, बकैया गाउँपालिका-६ बस्ने ३२ वर्षीय दिनेश थिङलाई अवैध लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-८, घ्याङडाडा स्थित बस्ने वर्ष अन्दाजी ७०/७२ को तारा बहादुर नेपाली घरबाट अन्दाजी ३०० मिटर पश्चिम तर्फ बृष बहादुर तामाङको बारीमा मृत अवस्थामा लास फेला परेको छ । मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-१, कोष ढुङ्गा बस्ने २४ वर्षीया सिता गिरी आफ्नै घरको कोठाको सिलिङ पंखामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, थाक्रे गाउँपालिका-४, रातमाटा स्थित आग्राखोलामा ढुङ्गाको काम गर्ने जिल्ला धादिङ बेनिघाट रोराङ गाउँपालिका-२, ताल्ती बस्ने कुमार श्रेष्ठको छोरा वर्ष अन्दाजी २० को सागर श्रेष्ठलाई ढुङ्गाले च्यापी घटनास्थलमै मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-६, थापा डाँडाटार बस्ने ४० वर्षीय चस्मालाल घिसिङ घरबाट अन्दाजी ३०० मिटर पूर्व काईयोको रूखको हाँगामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-९, मैदान बस्ने ४८ वर्षीय राजन अधिकारी आफ्नै गाईगोठको निदालमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।रसुवा, गोसाईकुण्ड गाउँपालिका-६, धुन्चे स्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका-२० स्थायी घर भएका अन्दाजी ३७/३८ वर्षीय निलकण्ठ नेपाल कटनको डोरीले पासो लगाई कटुसको रूखमा झुण्डी मृत अवस्थामा फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-७ स्थित पनौती सामुदायिक सहकारी संस्थाबाट रू.३३,००,०००।-(तेत्तिस लाख) चोरी गरी फरार भई जिल्ला मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-५, मधुवनमा लुकी-छिपी बसेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पनौती, काभ्रेपलाञ्चोकबाट प्रहरी टोलिले खोजतलास कार्य गर्दा जिल्ला मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-५ बस्ने अन्दाजी ३० वर्षीय अशोक रुम्बा र सोही ठेगाना बस्ने अन्दाजी ३५ वर्षीय अकबर लामाको साथबाट नगद रू.५,४५,०००।- (पाँच लाख पैतालिस हजार), एकनाले भरूवा बन्दुक र १ थान रड फेला पारी सामान र निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका-७ बस्ने ३९ वर्षीय माधव मैनाली आफ्नै घरमा तरकारीमा हाल्ने विषादी सेवन गरी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, बकैया गाउँपालिका-११, पिपल डाँडा बस्ने अन्दाजी ६१ वर्षीया सन्चमाया भोलनले अल्कोहलसँग नाम नखुलेको बिषादी सेवन गरी बिरामी भएकोमा उपचारको लागी हेटौंडा अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-१० बस्ने अन्दाजी ५०/५५ वर्षीय गर्जे तामाङ पाँचखाल नगरपालिका-४ स्थित सालघारी जंगलको सडक छेउमा मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-२९, सिमलताल स्थित त्रिशुली नदी किनारमा हाल नामथर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुष व्यक्तिको मृत लास भेटिएको छ । मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, बागमती गाउँपालिका-७, मनसाई स्थित जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७, हटिया बस्ने अन्दाजी ४८ वर्षीय नवराज देबकोटा मृत अवस्थामा फेला परेको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, माडी नगरपालिका-३, बसन्तपुर बजार स्थित डेरा गरी बस्ने जिल्ला कास्की स्थायी घर भएकी अन्दाजी ३७ वर्षीया बसन्ती थापा कोठाको पंखामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, थाहा नगरपालिका-१२, तल्लो बसन्त बस्ने अन्दाजी ५५ वर्षीय बुद्धेराम थिङले आफ्नै घरमा एकनाले भरूवा बन्दुक लुकाई-छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले निजको घरमा खानतलासी गर्दा घरको गारोमा लुकाई राखेको अवस्थामा भरूवा बन्दुक फेला पारी भरूवा बन्दुक सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
रामेछाप, खाँडादेवी गाउँपालिका-२, मझुवा बस्ने अन्दाजी ४६ वर्षीय सम्तेन योन्जन आफ्नै घरको बलोमा तन्नाको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, सुर्यगढी गाउँपालिका-५, डाँडा गाउँ बस्ने अन्दाजी ३० वर्षीय राजकुमार राई आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि नुवाकोट, बेलकोटगढी नगरपालिका-६, तल्लो अर्चले बस्ने अन्दाजी ३२ वर्षीय रोशन तामाङ आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, कालिका नगरपालिका-४, पदमपुर बस्ने २७ वर्षीया रुपा न्यौपाने घिमीरे जिल्ला चितवन, भरतपुर महानगरपालिका-११, नौरङ्गे टाईगर ताल जाने बाटोको जंगलमा रहेको सालको रूखमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटस्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि चितवन, भरतपुर महानगरपालिका-६, ढकाल चोक स्थित डेरा गरि बस्ने जिल्ला गोर्खा, गण्डकी गाउँपालिका-७ स्थायी घर भएका अन्दाजी २२ वर्षीय दिपेश सुनार आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-३, सरिखेत बस्ने ३४ वर्षीय राम कुमार राना मगरको घरमा लागुऔषध गाँजा लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको प्रहरी टोलिले खानतलासी गर्दा निजको घरमा लुकाई राखेको लागुऔषध गाँजा अन्दाजी ७८ किलोग्राम फेला पारी उक्त गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-४, २ नं. क्यान्सर गेट स्थित रामपुरबाट चौबिसकोठी तर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ प २९६७ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक जिल्ला चितवन, भरतपुर महानरपालिका-२६ बस्ने वर्ष ३६ को दिपेन्द्र राज गिरीको टाउको र अनुहारको भागमा गम्भिर चोट लागी उपचारको लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
दोलखा, जिरी नगरपालिका-३, माली बस्ने अन्दाजी वर्ष २९ को फुर्नी शेर्पा घरदेखि अन्दाजी ४ कि.मि. पश्चिम तर्फ रहेको शैलेन्द्र खड्काको गोठमा मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-३, नारायणी नदी किनारमा यज्ञपुरी-४ बस्ने होम बहादुर खत्रीको छोरा वर्ष १२ को आशिष खत्री पौडि खेल्ने क्रममा डुबी निजको मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
दोलखा, बिगु गाउँपालिका-१, जगत बजार बस्ने कर्ण बहादुर मगरको छोरा अन्दाजी वर्ष २१ को चित्र बहादुर मगर घरबाट अन्दाजी १ कि.मि. दक्षिण रहेको सिनध्रुब सिस्नेरी सामुदायिक वनमा मौवाँको रूखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-६, निग्रे बस्ने वर्ष ६० को मोहन बहादुर भण्डारीले आफ्नै घरको छानोको पाईपमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
बामगती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सञ्चालित ४५ कार्यदिन अवधीको प्रहरी हवल्दार तथा जवान लक्षित ट्राफिक नियन्त्रण तालिम दोस्रो समूहका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रशिक्षार्थीहरूले कार्य क्षेत्रमा आईपर्ने समस्या तथा तालिम सम्बन्धी विभिन्न विषयमा जिज्ञासाहरू राखेका थिए भने प्रदेश प्रहरी प्रमुख राणाले प्रशिक्षार्थीहरूका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने सफल प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कार्य क्षेत्रमा कुशतलापूर्वक प्रयोग गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो । तालिममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । गत चैत ५ गतेबाट संचालन भएको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।
सिन्धुली, सुनकोशी गाउँपालिका-५, मुल्कोट स्थित क्वालिटी रिसोर्टमा काम गर्ने जिल्ला दाङ, गढवा गाउँपालिका-६ बस्ने वर्ष अन्दाजी २३ को कमल चौधरी छटपट्टाई रहेको अवस्थामा उपचारको लागि आत्मिय अस्पताल, खाल्टे ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।
चितवन, राप्ती नगरपालिका-११, चिउरीटार स्थित ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलिले सोहि बरिनटार बस्ने वर्ष ६२ को मान बहादुर तामाङले बोकी ल्याएको झोला शंका लागि चेकजाँच गर्दा उक्त झोलामा १० किलो ५०० ग्राम लागुऔषध गाँजा फेला परेको थियो । निज मान बहादुर तामाङलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-१, राय गाउँ बस्ने रविन बिसुङ्खेको छोरी वर्ष २ की सुस्मिता बिसुङ्खे आगनको डिल (पर्खाल) बाट अन्दाजी ८ फिट तल लडी घाईते भई उपचारको लागी सिर मेमोरियल अस्पताल लादै गर्दा निजको मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्व प्रहरी कर्मचारीहरूले विभिन्न विषयमा सुझाव एवम् अपेक्षा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले निरन्तर समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
धादिङ, गल्छी गाउँपालिका-८, निबुवाबोट स्थित शानदार होटलमा सोही ठेगाना बस्ने अन्दाजी २५।२६ वर्षीय निरज पण्डितले सोही ठेगाना कटरपौवा बस्ने २८ वर्षीय बिनोद थापा मगरलाई छुरा (चक्कु) प्रहार गरी गम्भिर घाईते भई उपचारको लागि नर्भिक अस्पताल, काठमाण्डौं लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । छुरा प्राहार गर्ने निरज पण्डितलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।
दोलखा, कालिन्चोक गाउँपालिका-८, मानेभटेरी बस्ने जिवनाथ शिवाकोटी घरमा अचानक करेन्ट सर्ट भई आगलागी हुदाँ नगद रू. ८०,०००।– सुन अन्दाजी ५ तोला, अन्नपात २० मुरी, भाडावर्तन र लत्ताकपडा समेत गरी अन्दाजी जम्मा रू.१०,१५,०००।–बराबरको क्षति भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-८, टेलिकम चोक बस्ने जनयुद्धका घाईते ३१ वर्षीय मुकेश कायष्ठ न्युमोनियाको बिरामी भई उपचारको लागि सिर मेमोरियल अस्पताल बनेपा ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
रामेछाप, मन्थली नगरपालिका-४, सालु गैराथोक स्थित अन्दाजी वर्ष १० की महन कुमारी बलमपाखि घर नजिकै सिचांईको लागि बनाएको पोखरीमा डुबी मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-६, माझीटार प्रहरी चेकपोष्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी टोलिले सवारी साधन चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायस गाडीमा सवार जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका-४, माईस्थान बस्ने २१ वर्षीय रविन विश्वकर्माको साथमा Exiplon लेखिएको 100 ml को बोतल थान-२ र NITRAVET-10 लेखिएको ट्याब्लेट १० पिस लागुऔषध फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, भरतपुर महानगरपालिका-१०, सप्तगण्डकी चोक स्थित डेरा गरि बस्ने जिल्ला कास्की घर भएकी वर्ष २३ को सिम्रन थापा आफु सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । दोलखा, बैतैश्वर गाउँपालिका-४, झगरपुर बस्ने अन्दाजी ६१ वर्षीय भिम बहादुर खड्का आफ्नै घरको करेसामा बिजुलीको पोल अडाउन राखेको तारमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, ईच्छाकामना गाउँपालिका-३, पानीधारा स्थित जिल्ला गोरखा, गण्डकी गाउँपालिका-२ बस्ने अन्दाजी ७८ वर्षीय खड्क बहादुर प्रजा त्रिशुली नदीमा हामफाली गम्भीर घाईते भई उपचारको लागि ट्रमा सेन्टर कुरिन्टारमा लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, गुम्बा टोल बस्ने अन्दाजी ५२।५३ वर्षीया ठुलिमाया स्याङतान आफ्नै घरमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, निलकण्ठ नगरपालिका-४, रायटार बस्ने ३५ वर्षीया कमला नेपाली आफ्नै घरको सिलिङ पंखामा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, ठुलोदमार घर भई हाल मकवानपुर गढी गाउँपालिका-४, काली वन स्थित बस्दै आएका ४३ वर्षीय भिम कुमार भोलन घर नजिकै रहेको लिच्चीको रूखमा नाईलनको डोरीले पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका-५, पौडेल चोक बस्ने ७० वर्षीया ठुली माया तामाङ आफ्नै घरको आँगनमा मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित डेरा गरि बस्ने जिल्ला धादिङ, गजुरी गाउँपालिका-७, श्यामेडाँडा स्थायी घर भएका अन्दाजी २५ वर्षीय सन्दिप परियार झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-२, ढोडेनी स्थित भित्री सडक खण्डमा गणेशबगरबाट ढोडेनी तर्फ जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको आइचर ट्रक आफैँ ब्रेक फेल भई बाटोबाट अन्दाजी १० मिटर तल भीरमा खसी दुर्घटना हुदाँ सोही ठेगाना बस्ने ३० वर्षीय पेमा तामाङ घटनास्थलमै मृत्यु भएको छ । आइचरमा सवार रहेका घाईते मानिसहरू उपचारको लागि धुलिखेल अस्पताल र मेलम्ची अस्पताल पठाईएको छ । आइचर चालक फरार रेहको निजको खोजतलास कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-५, धोक्रपा स्थित बस्ने ५१ वर्षीय कृष्ण राज लामा आफ्नै घरमा रबरको ट्युवले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।
नुवाकोट, दुप्चेश्वर गाउँपालिका-२, गाँउखर्क बस्ने अन्दाजी ७५ वर्षीय नाम्का शेर्पा समुन्द्रटार बजार स्थित चन्द्रावती खोलाको बीचमा मृत अवस्थामा फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-६, आहालेडाँडा बस्ने ८२ वर्षीय कृष्ण लाल वाईबा घरदेखि ५०० मिटर टाढा रहेको पिपलको बोटमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।रामेछाप, मन्थली नगरपालिका-१, लिसेपानी बस्ने अन्दाजी ८२ वर्षीय भुन्टे सार्की आफ्नै घरको दलानमा पटुकाको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।