चितवन:-सवारी दुरघट्ना

भदौ २८, भरतपुर म.न.पा.३ लाईन्सचोक स्थितमा दाङ बाट जनकपुर तर्फ गई रहेको ना८ख ६२४९ नम्बरको ट्रकले बिपरित दिशाबाट आई रहेको ना३९प २०९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक चितवन रत्ननगर नगरपालिका-१० बस्ने वर्ष ३१ को यदुराज पौडेल गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल भरतपुर तर्फ ल्याउँदै गर्दा बाटोमा नै निजको मृत्यु भएको, दुबै सवारी साधन र ट्रक चालक जिल्ला सुनसरी बस्ने वर्ष ४७ को रोशन गुरुङ जि.प्र.का. चितवनको नियन्त्रणमा, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।