सिन्धुली:- लागुऔषध सहित मानिस नियन्त्रणमा

भदौ २७, कमलामाई नगरपालिका-९ चुरे स्थित बि.पि.राजमार्ग सडक-खण्डमा ई.प्र.का.भिमान बाट प्र.ना.नि.को कमाण्डमा खटिएको ट्राफिक प्रहरी सहितको ६ जना प्रहरीको टोलिले सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा बर्दिबासबाट भिमान तर्फ आउँदै गरेको जिल्ला सिरहा सिरहा नगरपालिका-२ बस्ने वर्ष २१ को सुबाष कुमार यादबले चलाई ल्याएको प्रदेश २-०१-००१ प ९४९९ नं.को मोटरसाईकल रोकि चेकजाँच गर्ने क्रममा पछाडि सवार जिल्ला धनुषा कमला नगरपालिका-१ बस्ने वर्ष २२ को बिरेन्द्र कुमार यादबले बिचमा राखि ल्याएको रातो रङको प्लास्टिकको जेब्रा झोला भित्र रहेको पछाडि भिर्ने झोलाभित्र जिन्सको पाईन्टको गोजिमा लुकाई छिपाई ल्याएको Nitrazepam Tablets १५ पिसको दरले ३ पत्तामा जम्मा ४१ पिस मात्र रहेको र NORVANT-D 100 ml को १ बोतलमा खोलेको अवस्थामा फेला पारी लागुऔषध र मोटरसाईकल सहित निज मानिसहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य ई.प्र.का.भिमानमा भईरहेको ।