मकवानपुर:- झुण्डी मृत्यु

साउन ३, हेटौडा उ.म.न.पा.१७ बाबुचोक बस्ने श्रीकृष्ण जटालको छोरा अन्दाजी वर्ष १५ को प्रनिश जटाल आफ्नै घरभित्र फलामको डण्डिमा सलको पासो लगाई झुण्डीरहेको अवस्थामा निजको भाईले देखी तत्काल आफन्तहरु आई सलको पासो काटि उपचारको लागी हेटौडा अस्पतालमा ल्याई उपचार भईरहेकोमा निजको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।