धादिङः- दुर्घट्नामा परी मृत्यु

जेठ २७, अन्दाजी ०६:३० बजेको समयमा धादिङ गजुरी गाउँपालिका-६ जहरेखेत स्थित पृथ्विलोक मार्गमा गजुरीबाट काठमाडौ तर्फ जादै गरेको बा ४ च २७९ नं. को कार र बिपरित दिशाबाट आउदै गरेको बा३ख ७३९३ नं. को टिप्पर एकआपसमा ठक्कर खादा कार चालक जिल्ला दोलखा मेलुङ गाउँपालिका-१० बस्ने वर्ष अन्दाजी ३५ को प्रकाश अधिकारी गम्भिर घाईते र कारमा सवार जिल्ला तनहुँ सुक्लागण्डकी न.पा.८ बस्ने वर्ष ४० को दिल बहादुर श्रेष्ठ मध्यम घाईते भई उपचारको लागि काठमाडौं तर्फ पठाएकोमा, उपचारको क्रममा कार चालक प्रकाश अधिकारी को मृत्यु भएको, घट्नास्थल मुचुल्का तयार गरी टिप्पर र सोको चालक प्रहरीको नियन्त्रणमा रहेको ।