चितवन: ट्रकले मो.सा.लाई ठक्कर दिदा चालकको मृत्यु

चैत्र २५, चितवन खैरहनी न.पा. ९ सिमलटाँडी स्थित पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम आउदै गरेको ना५ख ३०२८ नं. को ट्रक ले बिपरित दिशाबाट जाँदै गरेको ना११प २५०१ नं. को मो.सा. लाई ठक्कर दिदा मो.सा. चालक चितवन राप्ति न.पा. ८ बस्ने बर्ष २२ को उमेश चौधरी घटनास्थलमा मृत्यु भएको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।