मकवानपुर: सुमो दुर्घटनामा ११ जना घाईते

फाल्गुण ११, मकवानपुर हेटौडा उ.म.न.पा.२ चौकिटोल हेटौडाबाट भैसेतर्फ जादै गरेको प्रदेश ३ ०३ ००१ ज ००२९ न.को सुमो र बिपरित दिशाबाट आउदै गरेको ना १ ज २४६० को सुमो एक-आपसमा ठक्कर खादा ११ जना मानिस घाईते भई उपचारको लागी सन्चो अस्पताल र हेटौडा अस्पतालमा पठाईएको । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको ।