मकवानपुर- बिषादी सेवन गरि एक महिला गम्भिर बिरामी

माघ-०५ गते, हेटौडा उपमहानगरपालिका-११,थानाभ्याङ बस्ने  बुद्धीलाल तमाङको श्रीमती बर्ष ४५ की  मनमाया तमाङले   आफ्नै घरमा मुसामार्ने  बिषादी सेवन गरी बिरामी भएकी थिईन । निजलाई उपचारको लागी हेटौडा अस्पताल ल्याई उपचार गराइयो तर अवस्था समान्य हुन नसके पछी थप उपचारको लागि डाक्टरले भरतपुर तर्फ रिफर गरेको हो ।बिषादी सेवनको कारण नखुलेको निजको अवस्था गम्भिर रहको छ भने प्रहरीले अनुसन्धान कार्य गरिरहेको छ ।