रामेछाप- झुण्डि एक युवकको मृत्यु

माघ-०४ गते, उमाकुण्ड गाँउपालिका-२,गर्जा बस्ने तेन्जिङ शेर्पाको छोरा बर्ष २९ को लाक्पा दावा शेर्पा घर नजिकै खुर्पानीको रुखमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको भनी खबर प्राप्त भएको थियो । सो खबर प्राप्त हुनासाथ प्रहरी टोली खटी गइ घटना स्थल सुरक्षित राखेका छन् भने मुचुल्का लगाएत अन्य अनुसन्धान कार्यको लागी जि.प्र.का रामेछाप बाट प्र.नि को कमाण्डमा टोली खटी गएको हो ।