काभ्रे- लागु औषध सहित मानिस नियन्त्रणमा

माघ-०२ गते, भिमफेदी गाउँपालिका-६,अगाडि खटिएको प्रहरी चेकिङ टोलिले चपुर बाट काठमाण्डौ तर्फ जादै गरेको ना १ ज ८६२३ नं. को सुमोलाई रोकी चेकजाच गर्दा सुमोमा सवार जिल्ला रौतहट चन्द्रपुर नगरपालिका-४ बस्ने अंदाजी बर्ष १९ को सिराज साहले कम्मरमा कपडाले बाधि लुकाई छिपाई ल्याउदै गरेको लागु औषध नुरफिन ५ एम्पुल (१ वटा फुटेको) डाईजोपाम ५ एम्पुल (१ वटा फुटेको) फेनेरागन ५ एम्पुल गरी जम्मा १५ एम्पुल लागु औषध सहित निजलाई नियन्त्रणमा लिएको थियो । सुमोलाई अनुसन्धानमा आवश्यक परेको बेला सम्पर्कमा आउने गरी छाडिएको थियो तथा अन्य अनुसन्धान कार्य थालिएको हो ।