दोलखा- बोलेरोको ठक्करले बालकको मृत्यु

पुष-२८ गते, बैतेश्वर गाउँपालिका-३,जयनालु स्थितमा मृगे बाट लहरेमाने तर्फ जाँदै गरेको बा१५च७८०५ नं. को बोलेरोले पैदलयात्री ऐ.ऐ. बस्ने जय बहादुर तामाङको छोरा बर्ष अंदाजि ६ को संगम तामाङलाई ठक्कर दिई घाईते भई उपचारको लागी सोहि बोलेरोमा राखि चरीकोट अस्पताल ल्याईएको थियो । उपचारको क्रममा निज बालकको मृत्यु भएको भन्ने खबर ऐ.१७:३० बजे प्रहरीलाई प्राप्त भएको थियो भने बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेको छ तथा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।