धादिङ-भरुवा बन्दुक फेला

पुष-२८ गते, ज्वालामुखी गाउँपालिका-५,बागखोला स्थित जंगलमा बन्दुक पड्केको आवाज आएपछि प्रहरी टोलि गस्ती जाने क्रममा ऐ.स्थित जंगलमा ६/७ जनाको संख्यामा रहेको अज्ञात हतियारधारी व्यक्तिहरुलाई लखेट्ने क्रममा निजहरु फरार रहेको र १ नाल भरुवा बन्दुक फेला पारी ल्याएका तथा फरार ब्यक्तिहरुको खोजी तथा अनुसन्धान कार्य भईरहेको छ ।