नुवाकोट- कृषि फर्ममा आगोलागि धनमाल र चौपाया नष्ट

पुष-२७ गते, सुर्यगढी गाउँपालिका-३,टहरेचोक स्थित ऐ.ऐ.बस्ने बर्ष ७० को जनकनाथ सापकोटाले  सन्चालन गरेको  दुई तल्ले ढुङ्गा,माटो र जस्ताले बनेको बागेश्वरी कृषि फर्ममा आगोलागी भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटी गई बुझ्दा परालबाट आगो सल्कन गई  आगोलागी  भएको थियो भने भुझीयो । उक्त आगो निभाउने क्रममा  ऐ.ऐ.बस्ने बर्ष ७० को जनकनाथ सापकोटा घाईते भई उपचारको लागी जिल्ला त्रिशुली अस्पताल लगिएको थियो । निज घाईतेको दुबै हातको पंजामा र टाउको को तालुमा सामान्य जलेको र निजको अवस्था सामान्य रहेको छ । स्थानीय र प्रहरीको सहयोगमा आगोलागी नियन्त्रण लिइएको थियो । उक्त आगोलागी बाट लाताकपडा,पशु चौपाया ईत्यादि गरि अंदाजी दश लाख बराबरको धनमाल नष्ट भएको ।