नुवाकोट-बिषाधि सेवन गरि युवक गम्भिर घाईते

पुष-२७ गते, किस्पाङ गाउँपालिका-५,कुबा बस्ने डिल बहादुर तामाङको छोरा बर्ष १८ को बिशाल तामाङले घर नजिकैको जंगलमा नाम नखुलेको विषादी सेवन गरी लडिरहेको थियो । घर परिवारले खोज तलाश गर्ने क्रममा निजको बुवाले फेला पारी उपचारको लागी जिल्ला  अस्पताल त्रिशुली ल्याएका थिए । निजको  अवस्था गम्भिर रहेको र बिषादी सेवन गर्नुको कारण नखुलेको तथा प्रहरी अनुसन्धान कार्य भईरहेको छ ।