मकवानपुर- लागु औषध सहित मानिस नियन्त्रणमा

पुष-२४ गते, मनहरी गाउँपालिका-८,सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटिएको मोबाईल टोलीले सडकको छेउमा गाडीमा लोड गर्न राखेको अवस्थामा प्लाष्टिकले बेरी पोका बनाएको ४ पोका लागु औषध गाजाँ अंदाजी ६५ के.जि. र राक्सिराङ गाउँपालिका-२ बस्ने वर्ष २२ को सुजन प्रजा, ऐ.ऐ. बस्ने वर्ष २५ को प्रेम मोक्तान, ऐ.ऐ. बस्ने वर्ष ३६ को उदास ब्लोन, ऐ.ऐ.बस्ने वर्ष ३१ को रतन सिङतान, ऐ.ऐ. बस्ने वर्ष ४५ को गोपाल चेपाङ, ऐ.ऐ.बस्ने वर्ष ५२ को कान्छा राम लामा, ऐ.ऐ.बस्ने वर्ष २५ को दिपक लामा र ऐ.ऐ. कैलाश गाउँपालिका बस्ने वर्ष ३४ को सिताराम सिङतानहरुलाई प्रहरीले नियन्त्रणमा लीई अनुसन्धान तथा आवश्यक कानुनी कार्यवाही अगाडि भढाएको छ ।