नुवाकोट-झुण्डि एक महिलाको मृत्यु

पुष-२३ गते, बिदुर नगरपालिका-१२,खानीगाउँ बस्ने तिलक बहादुर तामाङको श्रीमती बर्ष ५२ की कान्छी तामाङ आफ्नै घरको आफु सुत्ने कोठाको बलोमा नाईलनको डोरीको  पासो लगाई झुण्डी मृत्यु भएकोछ भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटी गई घटना स्थल सुरक्षित राखेका थिए । लास जाँच मुचुल्का तथा अन्य अनुसन्धानको लागी जि.प्र.का.बाट टोली खटि गई अनुसन्धान कार्य थालेका थिए ।  झुण्डी मृत्यु हुनुको कारण हाल नखुलेको तथा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।