सिन्धुली-अबैध सल्लाको काठ सहित गाडि र चालक पक्राउ ।

असोज-२७ गते, सुनकोशि गाउँपालिका-१,टुप्पी डाडा स्थित बि.पि. राजमार्ग सडक खण्डमा खटि गएको प्रहरी गस्ती टोलीले रातामाटाबाट नेपालथोक तर्फ आउदै गरेको बा४ख ४५०३ नम्बरको निशान मिनि ट्रकलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्रक भित्र अवैध रुपमा बिना कागजपत्र लोड गरी १८ वटा सल्लाको चिरानको काठहरु फेला परेको हुदाँ उक्त नम्बरको गाडी र चालक जिल्ला सिन्धुली सुनकोशि गाउँपालिका-४ बस्ने बर्ष २४ को अभिषेक श्रेष्ठ  र सोही गाडीमा सवार ऐ. ३ बस्ने बर्ष २६ को हरिशरण गिरीलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी सव डिभिजन वन कार्यालय सुनकोशि सिन्धुलीका अधिकृत बिजय कुमार थापाको जिम्मा लगाई पठाईएको ।