रामेछाप- विषादी सेवन गरी एक युवक गम्भिर घाईते ।

असोज-२६ गते, सुनापति गाउँपालिका-३,डांडाटोल बस्ने वर्ष ३४ को चमार सिंह मोक्तानले फौजी नामक किरा मार्नको लागि(पालिकाले बांडेको) राख्ने विषादी सेवन गरी विरामी भई काठमाण्डौ टिचिङ अस्पताल ICU मा राखि उपचार भईरहेको भन्ने खबर निजको दाइ दिपक तामाङ जानकारी गराए । निजको अबस्था गम्भिर  रहेको र पहिले मानसिक विरामी भई औषधी सेवन गर्दै आएको भन्ने प्रारम्भिक अनुसन्धानले बुझिएको हो तथा अन्य आवश्यक अनुसन्धान कार्य भईरहेको ।