सिन्धुपाल्चोक – विषादी सेवन गरि महिला गम्भिर घाईते ।

असोज- २५ गते, चौतारा सागाचोक गढी नगरपालिका-७,आरुबोटे बस्ने राहर बहादुर तामाङको श्रीमती वर्ष ३६ की लक्ष्मी राई तामाङले धानमा हाल्ने नाम नखुलेको औषधी सेवन गरी आफ्नै घरमा बोमेट (छात्नु) गरी छट्पटाई रहेको अवस्थामा निजको श्रीमानले फेला पारी उपचारको लागि जिल्ला अस्पताल चौतारामा ल्याई उपचार भई रहको अवस्था बोल्न नसक्ने गम्भिर रहेको भनी अस्पतालमा खटिएको प्रहरी कर्मचारीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा जानकारी गराए । विषादी सेवन गर्नुको कारण नखुलेको,उपचारमा निजको श्रीमान संलग्न रहेको तथा अन्य अनुसन्धान कार्य भईरहेको ।