रसुवा- बृद्ध मानिस हराएको ।

असोज-२४ गते, गोसाईकुण्ड गाउँपालिका-४,लाङटाङ बस्ने अंदाजी बर्ष ५५ को वाङ्दी तामाङ ऐ. क्याङजिङ स्थितमा रहेको क्याङजिङ खोलामा  काठको पुल हाल्न काठ र डोरी लिई खोला छेउमा आएकोमा निज मानिसले बोकी ल्याएको काठ र डोरी सोही स्थानमा रहेको र निज मानिसहाल सम्म पनि आफन्तको सम्पर्कमा नआएको । निजलाई प्रहरी र स्थानिय मिलि खोजतलाश गरिरहेको र थप अनुसन्धान कार्य भईरहेको ।