सिन्धुपाल्चोक: बेपत्ता लास फेला।

साउन-१४ गते,  मिति २०७७/०३/३१ गते राती परेको बषार्दको कारण जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ फुलपिङ स्थितमा पहिरोले  बगाएको २ घर मध्ये १ घरको ५ जना हराई बेपत्ता रहेकोमा आज मिति २०७७/०४/१४ गते प्रहरी र स्थानिय मिलि खोजतलास गर्ने क्रममा बर्ष ३७ की सोमसाङ शेर्पाको लाश फेला परेको, अन्यको खोजतलास भइरहेको ।