चितवन: सवारी दुर्घट्नामा २ जनाको मृत्य र ३ जना गम्भिर घाईते

असार-१५ गते, भरतपुर महानगरपालिका-१९ सत्र किलो स्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिनबाट नारायणगढ तर्फ आईरहेको बा१३च ५९२९ नं. को स्कार्पियो र बिपरित दिसाबाट गइरहेको NL01Q5106 नं. को  ग्यास बुलेट एक आपसमा ठक्कर खाँदा स्कार्पियोमा सवार चालक सहित ५ जना घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा २ जनाको मृत्यु भएको अन्य ३ जनाको उपचार भई रहेको अवस्था गम्भिर, बुलेट चालक फरार रहेको, दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा, बुलेट चालकको खोजतलास तथा आवश्यक अनुसन्धान कार्य भैरहेको ।