धादिङ: सवारी दुर्घट्नामा ३ जना मानिसहरु घाईते

असार-१५ गते, गजुरी गाँउपालिका-५ बाङ्गे मोड स्थित पृथ्बि लोकमार्गमा काठमाण्डौबाट गजुरी तर्फ आँउदै गरेको ना१३च ५५६३ नं. कार आफै अनियन्त्रित भई सडकको भीत्तामा रहेको फलामको पोलमा ठोकिंदा उक्त कारमा सबार ३ जना मानिसहरु घाईते भई उपचारको लागी स्थानिय मेडिकल आदमघाट ल्याईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी  काठमाण्डौ तर्फ पठाईएको, उक्त स्थानमा प्रहरीको टोली खटिई गएको, उक्त कार घटना स्थलमानै रहेको, आवश्यक अनुसन्धान कार्य भैरहेको ।