मकवानपुर: सवारी दुर्घट्नामा १ जनाको मृत्यु

असार-१४ गते, भिमफेदी गाँउपालिका-७ दमार स्थित भित्री सडक खण्डमा भिमफेदीबाट ईपा तर्फ जाँदै गरेको सगुन कन्ट्रक्सनको लु१ क ४२२८ नं. को खाली टिफर गुडी रहेको अवस्थामा टिफरको पछाडीबाट ऐ.ऐ. दमार बस्ने बर्ष ६० को जित बहादुर राना झुण्डिएर चड्न खोज्दा लडी घाईते भई उपचारको लागी चितवन पुरानो मेडिकल कलेज लगेकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरीको टोली खटी गई टिफर र टिफर चालकलाई नियन्त्रणमा लिई प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भैरहेको ।