चितवन: ट्याक्टरले पछाडीबाट ठक्कर दिंदा १ जनाको घटना स्थलमै मृत्यु

असार-१३ गते, खैरहनी नगरपालिका-४ लापाटोल स्थितमा ऐ.ऐ. बस्ने बर्ष ५७ को रिट्ठे परियारलाई आफ्नै खेत जोत्ने क्रममा ना७त ४४८८ नं. को ट्याक्टरले पछाडीबाट ठक्कर दिंदा निजको घटना स्थलमा नै मृत्यु भएको भन्ने खबर प्रहरी कार्यालयमा प्राप्त हुना साथ उक्त स्थान तर्फ प्रहरीको टोली खटी गई ठक्कर दिने ट्याक्टर र चालक खैरहनी नगरपालिका-२ बस्ने बर्ष ४१ को हुम बहादुर रानालाई नियन्त्रणमा लाई आवश्यक अनुसन्धान कार्य भैरहेको ।