मकवानपुर: सवारी दुर्घट्नामा १ जना घाईते

असार-१२ गते, हेटौडा उप-महानगरपालिका-११ यातायात कार्यालय अगाडी ना२ह १२८५ नं. को अटो बजार तर्फ आँउदै गरेको र नवलपुरबाट हेटौडा तर्फ आँउदै गरेको प्र-३-०३००१ प ६४३१ नं. को मो.सा. ठोकिन जाँदा मो.सा. मा सवार ऐ.ऐ. बस्ने बर्ष २३ को बिजय गुरुङ घाईते भई उपचारको लागि चुरेहिल अस्पताल पठाईएको, अबस्था मध्यम, अटो र मो.सा. प्रहरीको नियन्त्रणमा, अटो चालक फरार रहेको, चालकको खोजतलास तथा आवश्यक अनुसन्धान कार्य भैरहेको ।