दोलखा: करेन्ट लागि १ जनाको मृत्यु

असार-१० गते, मेलुङ गाँउपालिका-७ ज्यामिरे बस्ने बर्ष ३५ को सुवास कार्कि ऐ. स्थित निजको घरदेखी अन्दाजी १ कि.मि. दक्षिण तर्फ रहेको आफ्नै खेतमा तामाकोसी खोलाबाट मोटर जडान गरी पानी तान्ने  क्रममा अचानक उक्त मोटरको करेण्ट सर्ट हुन गई करेन्ट लागी गम्भिर घाइते भई उपचारको लागी धुलिखेल शाखा अस्पताल किर्नेटार दोलखामा ल्याइएको छ भन्ने खबर प्रहरी कार्यालयमा प्राप्त हुना साथ प्रहरीको टोली खटी गएको र निज घाइतेको उपचारको मृत्यु भएको, साथै निज मृतक बारा जिल्लाको सिमरा स्थित ससस्त्र प्रहरी बलमा कार्यरत स.प्र.ज. रहेको, पोष्ट माटम पश्चात  मृतकको काका शिब बहादुर कार्कीले सदगदको लागी शव बुझिलिएको, आवश्यक अनुसन्धान कार्य भैरहेको ।