मकवानपुर: चट्याङ्ग लागि २ जनाको मृत्यु र १ जना घाईते

असार-१० गते, बकैया गाँउपालिका-२ कालापानी स्थितमा ऐ.ऐ. बस्ने बुद्ध घिसिङ्को छोरी अन्दाजी बर्ष १७ कि सम्झना घिसिङ्लाई आफ्नै घरमा बसी रहेको अवस्थामा अबिर बर्षा संगै परेको चट्याङ्लागी घट्ना स्थलमै मृत्य भएको, ऐ.ऐ. बस्ने आषा लाल घिसिङ्को श्रिमती अन्दाजी बर्ष २५ कि बिना घिसिङ्को दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको र ऐ.ऐ. बस्ने पुर्ण बहादुर जिम्वाको छोरा अन्दाजी बर्ष १३/१४ को किरण जिम्वा पनी आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ् लागी घाइते भई दोभान स्वास्थ्य चौकीमा उपचार भई रहेको ।