चितवन: सवारी दुर्घट्नामा ३ जना मानिसहरु घाईते

असार०९ गते, रत्ननगर नगरपालिका-१ सब्जी मण्डी अगाडी स्थित पुर्व पश्चिम मार्गमा बिरगन्जबाट जस्तापाता लिएर दाङ तर्फ आँउदै गरेको ना५ख ९२९५ नं. को ट्रक सडकको डिभाईडरमा ठोकिन गई पल्टिन जाँदा ट्क चालक सहित ३ जना मानिसहरु घाईते भई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर पठाईएको, ट्रक प्रहरीको नियन्त्रणमा, आवश्यक अनुसन्धान कार्य भैरहेको ।