मकवानपुर: सवारी दुर्घट्नामा १ जनाको मृत्यु

असार-०८ गते, मनहरी गाँउपालिका-६ सुनाचुरी स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौडाबाट चितवन तर्फ जाँदै गरेको NL01L2460 नं. को ग्यास बुलेटले (ग्यास लोड भएको) पैदल यात्री ऐ.ऐ. बस्ने अन्दाजी बर्ष ७३ को जसमान घिसिङ लाई हिडिरहेको अवस्थामा ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्रहरी कार्यालयमा प्राप्त हुनासाथ उक्त स्थान तर्फ प्रहरीको टोली खटी गएको, ग्यास बुलेट र चालक प्रहरीको नियन्त्रणमा, आवश्यक अणुसन्धान कार्य भैरहेको ।