नुवाकोट: नदीले बगाई १ जनाको मृत्यु

असार-०८ गते, बेलकोट गढी नगरपालिका-७ छबिसकाल्ले स्थित त्रिशुली नदीमा जि. खोटाङ संजेल २ घर भई हाल बेलकोटगढी नगरपालिका-७ इट्टाभट्टामा ड्राइभिङ काम गर्ने अन्दाजी बर्ष ५० को होमनाथ राई नुहाउन जाने क्रममा खोलाले अन्दाजी २०/३० मिटर बगाएको अबस्थामा स्थानियले देखी खोलाबाट बाहिर निकाली प्रहरी कार्यालयमा खबर गरे पश्चात प्रहरीको टोलि खटि गई घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुली तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको, लास जिल्ला अस्पताल त्रिशुलीमा रहेको, आवश्यक अनुसन्धान कार्य भैरहेको ।