सामान्य परिचय
मध्य क्षेत्रीय प्रहरी कार्यालय मिति २०२४/०३/२३ गते काठमाण्डौ स्थित भृकुटीमण्डपमा स्थापना भएको हो । तत्काल २६ जना प्रहरी कर्मचारीहरुको दरबन्दी रहेको यस कार्यालयमा प्रथम क्षेत्रीय प्रहरी प्रमुख प्र.ना.म.नि. मान बहादुर राई हुनु भएको हो । २०५४ साल चैत्र महिनामा काठमाण्डौ स्थित रानीपोखरीमा नयाँ कार्यालय भवन निर्माण भई कार्यालय संचालन गरिएकोमा तत्कालीन श्री ५ को सरकारको मिति २०५४/०५/०५ गतेको निर्णयले मकवानपुर जिल्लाको हेटौडा स्थित हुप्र चौरमा कार्यालय स्थानान्तरण भई मिति २०५४/०५/११ गते भाडाको भवनमा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरिएको हो । मिति २०५५।१२।२९ गते जिल्ला मकवानपुर हेटौडा-११ स्थित थानाभर्याङमा यस कार्यालयको आफ्नै भवन निर्माण भई हालसम्म कार्य संचालन गरिदै आएको ।
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।०४।३१ को निर्णयले तत्कालिन मध्य क्षेत्रीय प्रहरी कार्यालयलाई ३ नं. प्रदेश प्रहरी कार्यालयको रुपमा रुपान्तरण गरिएको हो साथै अञ्चल प्रहरी कार्यालयहरुलाई संघीय प्रहरी इकाई कार्यालयमा रुपान्तरण गरिएको । यस कार्यालय मातहत बागमती प्रदेशका उपत्यकाका ३ जिल्लाहरु (काठमाण्डौं, ललितपुर तथा भक्तपुर) बाहेक १० जिल्लाहरु छन् ।
यस कार्यालयको चारकिल्ला पूर्व र दक्षिणमा राप्ती खोला, उत्तरमा लोकमार्ग र पश्चिममा बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा रहेको छ । यस कार्यालय मकवानपुर जिल्ला, हेटौडा उप-महानगरपालिका वडा नं-११ थानाभर्याङ्ग स्थित लोकमार्गबाट अं.१५० मिटर दक्षिण तर्फ अवस्थित रहेको छ । यस कार्यालयको भवन पश्चिम मोहडा, ३ तल्ला र २१ कोठाहरु रहेका छन । कार्यालय भवन को अगाडि दुर्गा मन्दिर, मेनगेट रहेको छ भने केही दक्षिण पश्चिम तर्फ कार्यालय प्रमूखको निवास र पूर्वपट्टी व्यारेक, मेश, संचार, सवारी मर्मत, हात हतियार मर्मत, मोटर ग्यारेज रहेको छ ।
यस कार्यालयबाट प्रत्यक्ष मातहत बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटो, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा, जि.प्र.का. १०, जि.ट्रा.प्र.का. १० लगायत अन्य मातहत प्रहरी कार्यालयहरुको काम-कारवाही, परिचालन र प्रशासनिक गतिबिधीहरुको अनुगमन तथा नियन्त्रण गरिन्छ । हाल यस कार्यालयको कुल दरबन्दी संख्या-११३ जना रहेको छ भने मातहत समेतको कुल दरबन्दी सङख्या ७९७७ रहेको छ ।
स्थापना | : | २०२४।०३।२३ गते, भृकुटीमण्डप, काठमाण्डौ |
स्थानन्तरण | : | २०५४।०५।११ गते हेटौंडा, मकवानपुर |
गण | : | २ (बा.प्र.द.नि.प्र.गण, बा.प्र. सशस्त्र प्रहरी गण) |
बागमती प्रदेश ट्रफिक प्रहरी कार्यालय | : | बागमती प्रदेश ट्रफिक प्रहरी कार्यालय, चितवन |
अक्षांस | : | २७ डि. २५'४५.८३ (उ) |
देशान्तर | : | ८५ डि. ००'३८.७८ (द) |
चार किल्ला | : | |
पूर्व | : | १ नं.प्रदेश |
पश्चिम | : | गण्डकी प्रदेश |
उत्तर | : | चिन स्वशासित क्षेत्र |
दक्षिण | : | २ नं. प्रदेश र दक्षिण पश्चिममा भारतको बिहार राज्य |
|
||
प्रहरी युनिट संख्या | : | ३३३ |
प्रहरी दरवन्दी संख्या | : | ७९७७ |
जनसंख्या (२०६८) | : | ३०,१२,४२९ |
क्षेत्रफल | : | १९,४०१ (वर्ग कि.मि.) |
प्रहरी र जनसंख्या अनुपात | : | १:३७७.६४ |
प्रहरी र क्षेत्रफल अनुपात | : | १:२.४३ वर्ग कि.मि. |
महानगरपालिका | : | १ |
उप-महानगरपालिका | १ | |
नगरपालिका | : | २५ |
गाँउपालिका | : | ७१ |
निर्वाचन क्षेत्र | : | प्रतिनिधि सभा-१८, प्रदेश सभा-३६ |
सिमा स्तम्भ | : | ५६ |